बोक्सीको आरोपमा बुहारीलाई खुकुरी र कोदालो प्रहार
काठमाडौँ । आफ्नै जेठाजुले बोक्सीको आरोपमा खुकुरी र कोदालो प्रहार गरी बुहारीलाई घाइते बनाएका छन् ।
वुधवार राती बेलुका ९ बजे रसुवाको कालिका गाउँपालिका स्थित खाल्चेत निवासी राधा थिङ लाई आफ्नै जेठाजु सन्त बहादुर घलान ले बोक्सी भनी सुति रहेको अवस्थामा श्रीमान कृष्ण बहादुर घलान नभएको मौका छोपी खुकुरी र कोदालोले हानी फरार भएको जानकारी प्राप्त भएको छ ।
बेलुका घरमा कोही नभएको मौका पारी आक्रमण भएको हो । आक्रमणमा परि राधा थिङ गम्भिर घाइते भएकी छिन् ।
उनलाई अहिले काठमाडौँ सामाखुसी स्थित अस्पतालको सघन कक्षमा राखी उपचार भइरहेको छ । दोशी भनिएका सन्त बहादुर अहिले फरार रहेका छन् ।
तामाङहरुको वाहुल्य रहेको रसुवामा यो नै पहिलो घटना भने होइन । गत साल रसुवाको यार्सामा बोक्सी कै आरोपमा एक वृद्धलाई जिउँदै खाडलमा हालेर पुरिएको थियो ।
प्रतिकृया दिनुहोस