अध्यक्ष ओलीद्वारा नेपाल संवतको शुभकामना  

Kp oli 3

 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत्को नयाँ वर्ष ११३८ का अवसरमा स्वेदश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गरे ।

आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले नेपाल संवत् नेपालीको मौलिक पहिचान बोकेको पर्व रहेको उल्लेख गरे ।‘नेपाल एउटा मौलिक संस्कृति र पहिचान भएको देश हो । नेपाल संवत् नेपालको मौलिक संवत् हो’उनले भने, ‘नेपाल संवत्को यो नयाँ वर्ष मनाइरहँदा यसका प्रणेता शंखधर साख्वालाई पनि म स्मरण गर्न चाहन्छु ।’

शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाली संस्कृतिका धनी छौँ । यो देशमा बसोबास गर्ने १२५ जाति र यहाँ बोलिने १२३ भाषा नेपालीका निधि हुन् । नेपालमा बस्ने सबै जाति र सम्प्रदायको संरक्षण गर्ने दायित्व सरकारको हो ।’

अध्यक्ष ओलीले सन्देशमा आगामी मंसिर १० र २१ गते हुने संघ र प्रदेशको निर्वाचनमा सबै जाति, संस्कृति र सम्प्रदायको हितमा काम गर्नसक्ने जनप्रतिनिधि छान्ने विवेक सबैले पु¥याउनुहुनेछ भन्ने विश्वास आफूले लिएको पनि बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...