आगलागीबाट ५० लाख बराबरको क्षति

Agjani

धनगढी । धनगढीको अतिव्यस्त बजार ट्राफिक चोकको ‘भट्टराई प्लष्टिक शोरुम’मा गएराति भएको आगलागीबाट झण्डै५० लाख बराबरको व्यापारिक मालसामान जलेर नष्ट भएको छ ।

शोरुम पछाडिको खुला ठाउँमा राखिएको प्लाष्टिकजन्य व्यापारिक सामानबाट सल्केको आगो शोरुम रहेको दुईतले भवनमा लागेपछि भवनमा समेत ठूलो क्षति पुगेको छ ।

स्थानीयबासी रामनाथ भट्टराईले चलाएको उक्त शोरुममा भएको आगलागीबाट कुर्सी लगायतका प्लाष्टिकजन्य व्यापारिक सामान जलेर नष्ट भएको छ ।

प्रहरी र स्थानीयबासीको संयुक्त प्रयासमा धनगढी उपमहानगरपालिकाको दुईवटा दमकल र गोदावरी नगरपालिकाको एउटा दमकलको सहायतामा डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएपछि वरिपरिका अन्य घरपसल आगो लाग्नबाट जोगिएका छन् ।

पटका पट्काउँदा निस्केको आगोको झिल्कोले आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...