बस दुर्घटनामा तीनजनाको मृत्यु, १८ घाइते

Accident 31

डोटी । बड्डीकेदार गाउँपालिका-२ खड्यौलीमा बिहीबार बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। बसमा सवार १८ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको छ। मृतक तीनैजना बड्डीकेदार गाउँपालिका–४ का बासिन्दा रहेको स्थानीयवासीले बताएका छन्।
बर्छेनबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नंको बस आज बिहान दुर्घटना भएको हो। बिपीनगर र घाँगलबाट उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...