कांग्रेससँग चुनावी तालमेल हुन्छ : महन्थ ठाकुर

Mahantha thakur

काठमाडौँ । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक कांग्रेससँग चुनावी गठबन्धन हुने विश्वास दिलाए । उनले भने,‘यसको लागि हामी अहिले निर्णायक छलफलमा जुटेको छौं, आजपनि हाम्रो भेटवार्ताहरु भएका छन्, कांग्रेससँग चुनावी तालमेल हुन्छ, म विश्वास दिलाउन चाहन्छु।’ 

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा बोल्दै संयोजक ठाकुरले यस्तो बताएका हुन् । उनले भने,‘कांग्रेससँग चुनावी एकता हुन्छ, अब त्यसको लागि करिब–करिब सहमति भैसक्यो, हामी अन्तिम छलफलमा जुटेका छौं।’ यद्धपी उनले राजपा र संघीय समाजवादी फोरम नेपालको संयुक्त गठबन्धनलाई ५५ सिट चाहिन्छ भनेर रणनीति लिएको समेत सुनाएँ । मिल्नको लागि नै आफूहरुको कांग्रेस नेताहरुसँग भेटवार्ता भैरहेको उनले जानकारी दिए ।

नेता ठाकुरले एमाले र नेकपा माओवादी केन्द्रवीच बनेको नयाँ वामपन्थी गठबन्धन सत्ता स्वार्थको लागि भएको आरोप लगाए । उनले भने,‘वामपन्थीहरुको गठबन्धन कुनै सिद्धान्तले गर्दा बनेको होईन, उनीहरुवीच तालमेल पनि सायद हुँदैनहोला, म फेरि दोहोर्याएर भन्छु वाम ध्रुवीकरण सत्ताको लागि हो, उत्तर र दक्षिण नमिल्ने शक्तिहरु एक ठाउँमा आउन र मिल्न नै सक्दैनन् नि ।’

ठाकुरले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि उम्मेद्धवारहरुको लाईन लागेको समेत सुनाए । उनले भने,‘यो आवश्यकत्ता पनि हो, पद आवधिक हुन्छ, नेतृत्वलाई आmप्नो चयन गर्न अधिकार हुन्छ । त्यो अहिले भैरहेको छ ।’

स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेकोले चुनावप्रति सम्पूर्ण जनताको चासो बढेको उनको भनाई थियो । उनले भने,‘अहिले त हाम्रा पहाडका साथीहरु टिकट लिएर गैसक्नुभयो, वार्ता चलिरहेको छ ।’

त्यस्तै उनले पहाड होस् वा मधेश सबै ठाँउका नेपालीहरु मिलेर जानुपर्ने बताए । उनले भने,‘राजनीतिक धुव्रीकरण हुनु आर्थिक हिसाबले मुलुकलाई अघि बढाउने हो भने राम्रो हुन्छ।’

उनले सबैलाई नेपाली देख्नुपर्ने पनि बताए । ठाकुरले थपे,‘सबैलाई नेपाली हुँ भन्ने अपनत्व हुनुपर्ने भाव संविधानमा सबैको अपनत्व हुनुपर्छ, सबैको चेहरामा नेपाली देख्नुप¥यो ।’

कार्यक्रममा अध्यक्ष ठाकुरले ऋषि धमलालाई मधेशमा आएर चुनाव लड्ने कुरा सुनेको भन्दै भव्य स्वागत गर्न आफूहरु तयार रहेको जनाए । उनले थपे,‘ऋषिजी मधेशमा आएर चुनाव लड्नुहुन्छ भने हामी स्वागत गर्छौं।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...