सञ्चारकर्मी न्यायालयजस्तो स्वतन्त्र हुनुपर्छ : प्रधानन्यायाधीश पराजुली
काठमाडौँ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले सञ्चारकर्मी न्यायालयजस्तो स्वतन्त्र हुनुपर्ने बताए ।
प्रधानन्यायाधीश निवास बालुवाटारमा देउसी भैलो खेल्न गएको रिपोर्टर्स क्लब नेपालको टोलीसँग प्रधानन्यायाधीश पराजुलीले सत्यको पक्षमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरे ।
उनले आगामी मंसिर १० र २१ मा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि मुलुक समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे । ‘निर्वाचनको फैसला जनताले गर्छ, न्यायालय आफ्नो पद्धतिमा अगाडि बढ्छ,’ प्रधानन्यायाधीश पराजुलीले भने । उनले न्यायालय स्वतन्त्र, भयरहित, स्वच्छ र मर्यादित भएमात्रै देश समृृद्धको बाटोमा अगाडि बढ्ने बताए ।
प्रतिकृया दिनुहोस