स्थानीयकै श्रम र लगानीमा गाउँमा विजुली  

27 284771492842607

 

पाल्पा । स्थानीयको श्रमदान र लगानीमा पाल्पाको माथागढी गाउँपालिका गोठादीमा विद्युत् विस्तार भएको छ । वर्षौंसम्म टुकीको भरमा जीवन गुजारा गरेका यहाँका स्थानीयवासीले आफ्नै श्रमदान र लगानीमा अहिले गाउँमा बिजुली बत्ती बाल्न सफल भएका छन् ।

सिंगो गाउँ नै झलमल हुने गरी ३० किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनाबाट बिजुली बलेपछि अहिले गाउँ नै उज्यालोमय बनेको छ ।

नेपाल विद्युत् प्राधिकरणद्धारा वितरित विद्युत पुग्न अझै वर्षौं लाग्नेछ तर स्थानीयको श्रमदान, लगानी र अथक मेहनतमा गाउँमा बिजुली बाल्न सफल भएको उपभोक्ता समितिका रनबहादुर खाम्चाले बताए ।

गाउँका करिब ३ सय घरपरिवारमा २४ सै घण्टा बत्ती बाल्ने सुविधा उपभोग गर्न पाएपछि स्थानीय उपाभोक्ता निकै उत्साहित भएका छन् । यहाँका एक घरपरिवारबाट झण्डै ३ सय दिन श्रमदान र ३४ हजारका दरले रकम संकलन गरेर गाउँ उज्यालो पारेका हुन् ।

आयोजना सम्पन्न गर्नका लागि नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रवाट ५२ लाख सहयोग प्राप्त भएको उपभोक्ता समितिका खाम्चाले जानकारी दिए ।

गाउँमा विद्युतीकरण भएपछि बिजुली बाल्न मात्र नभई मोबाइल चार्ज गर्न, रेडियो बजाउन, टिभी हेर्न, विद्यार्थीलाई पठनपाठन गर्न सजिलो भएको स्थानीय प्रेमबहादुर घर्ती बताए ।

टुकी बालेको भरमा आफ्नो जीवन चलाउने गाउँका जनतालाई उज्यालो मात्र भएको छैन, बिजुलीलाई आयमूलक कार्यमा लगाउन पनि पाएका छन् ।

बिजुलीको सुविधा पुगेपछि गाउँमा अहिले होटललगायतका विभिन्न व्यवसाय चलाउन सजिलो भएको होटल व्यवासायी भक्तबहादुर खाम्चाको भनाइ छ ।

खाद्यान्नका वस्तु कुटानी पिसानी गर्न, खाना पकाउन निकै सजिलो भएको इन्दिरा खाम्चाले बताए । ‘पहिलापहिला रातभरि ढिकी जाँतो गरेर गुजारा चलाउनु पथ्र्यो, अहिले गाउँमा बिजुली आएपछि यो समस्या सदाका लागि हटेको छ’ उनले भने ।

स्थानीयको जनश्रमदान र स्थानीयबाटै संकलित रकमबाट सम्पन्न जलविद्युत आयोजनाबाट उद्योग सञ्चालनको लागि स्थानीय जनतासमक्ष गाउँपालिकाले सहजीकरण गर्ने र बाँकी खपत हुन नसकेको विद्युत प्राधिकरणलाई बिक्रीका लागि गाउँपालिकाले समन्वयको भूमिका निर्वाह गर्र्ने योजना रहेको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताए

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...