यमपञ्चकमा प्रहरीको आँखा जुवाडेतिर
काठमाडौं । यम पञ्चकका बेला रमाइलो गर्न जुवा तास खेल्ने चलन छ । भनिन्छ, यो वेला जुवा तास खेल्दा कुनै कारवाही हुँदैन । तर, यो असत्य हो ।
तर, महानगरीय प्रहरी परिसरले काठमाडौंमा धमाधम जुवा तास खेल्नेविरुद्ध अभियान चलाउन थालेको छ । परिसरले जुवा खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले सुराकीका आधारमा बत्तीसपुतलीको अग्र्यानिक चुलो रेष्टुरेन्टमा छापा मारेको थियो । जुवा खेलिरहेको अवस्थामा ११ लाख ५५ हजार ८ सय ४१ नगदसहित मंगलबार पक्राउ गरेको थियो ।
त्यसैगरी अहिले प्रहरीले चाडवाडका नाममा जुवा तास खेल्नेलाई कानुनी दायरामा ल्याउन कडा निगरानी सुरु गरेको छ । त्यसैगरी प्रहरीको आँखा यतिबेला पटकातिर पनि परेको छ ।
काठमाडौँका विभिन्न भागबाट २८ लाख ५० हजार मूल्य बराबरको ५ हजार थान पटका बरामद गरेको छ । नेपालीहरुको दोस्रो महान् चाड तिहार भित्रिएसँगै प्रहरीले पटाका बेचबिखन गर्ने तथा पड्काउने व्यक्तिमाथि निगरानी बढाएको हो ।
परिसरले बुधबार पत्रकार सम्मेलन गरी गोँगबु, गौशाला, असन, थानकोट, कालीमाटी, कोटेश्वर, बानेश्वर, कमलपोखरी, महाराजगञ्जलगायत क्षेत्रबाट ४ हजार ९ सय ३३ थान पटाका बरामद गरेको जनाएको छ ।
परिसरका प्रवक्ता रामदत्त जोशीले जनसेवाबाट १६, लैनचौरबाट दुई, सिंहदरबार एक, स्वयम्भूबाट एक, कालिमाटीबाट दुई, गौशालाबाट एक, कोटेश्वरबाट एक, कपनबाट एक र गोँगबुबाट दुई पोका पटाका बरामद गरेको जानकारी दिए ।
बरामद गरिएका पटकामा झिरझिरे, सुतली, माल टावर, रोल क्याप्स, रकेट, मेषा डिल्कस, मल्टा वारुद, रिंग क्याप, खुर्सानी पटकालगायत रहेको परिसरले जनाएको छ । बरामद गरिएको पटकालाई परिसरमा पानी हालेर नष्ट गरिएको छ ।
प्रतिकृया दिनुहोस