रामेछापका कम्युनिष्ट नेता अधिकारीको निधन

Ripumardan adhikari

काठमाडौँ । नेकपा एमालेका नेता रिपुमर्दन अधिकारीको मंगलवार राति काठमाडौंको गंगालाल अस्पतालमा निधन भएको छ ।

आजीवन लाभको पद नलिएका तर निरन्तर कम्युनिस्ट आन्दोलनमा क्रियाशील अधिकारी नेकपा एमाले रामेछाप काठमाडौँँ सम्पर्क मञ्चका संस्थापक अध्यक्ष हुन् ।

८१ वर्षीय अधिकारी नेपालका पहिलो पुस्ताका कम्युनिष्ट नेता हुन् । हाल एमाले प्रदेश नम्बर ३ कमिटीका सल्लाहकार रहेका अधिकारीको जन्म रामेछापको साविकको गेलु गाविस वडा नं. १२ मा भएको थियो ।

अधिकारको शवमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट पार्टीको झन्डा ओढाएका थिए ।

अधिकारीको अन्तिम विदाइका लागि पशुपति आर्यघाटमा एमाले वरिष्ठ नेता झलनाथ खनाललगायत नेता कार्यकर्ता पुगेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...