महत्वपूर्ण परियोजनालाई निरन्तरता दिइन्छ : मन्त्री गिरी

Dilnatha giri

काठमाडौँ । नवनियुक्त शहरी विकासमन्त्री दिलनाथ गिरीले मन्त्रालयले सञ्चालन गरिरहेका महत्वपूर्ण परियोजनालाई निरन्तरता दिइने प्रतिबद्धता जनाए ।

बुधबार पदबहाली गर्दै उनले सरकारको समयअवधि छोटो रहेकाले नयाँ नीतिगत निर्णयभन्दा पनि राष्ट्रियस्तरमा महत्वपूर्ण आयोजनालाई प्रभावकारी रूपमा अगाडि बढाइने बताए ।

कर्मचारीलाई कार्यसम्पादन गर्न असजिलो भएका केही नीति नियम भए तिनलाई संशोधन गरिने बताउँदै उनले कानूनसंगत काम गर्ने कर्मचारीको संरक्षण गरिनेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...