दलित समुदायले उत्पादन गरेको दूध लिन नमान्दा किसान समस्यामा

Palapa

पाल्पा । अर्गलीमा दलित समुदायले उत्पादन गरेको दूध डेरी सञ्चालकले लिन नमान्दा किसानलाई समस्या भएको छ ।

उत्पादित दूध डेरी सञ्चालकले लिन नमानेपछि किसान खेर फाल्न बाध्य छन् । दलित समुदायले पटक पटक सञ्चालकलाई दूध लिन आग्रह गरेपनि अझैसम्म लिन नमानेको स्थानीयवासी गीता बम्रेलले बताए ।

अर्गलीका किसानले उत्पादन गरेका करिब ३० लिटर दूध खेर गएको छ । स्थानीयवासी लक्ष्मी विश्वकर्माले दूध बेच्न डेरीको अभाव रहेको बताइन ।

अधिकारकर्मीले एक हप्ताभित्र दूध लिन आग्रह गरेपनि डेरी सञ्चालक लिन मानेका छैनन् ।तानसेन नगरपालिका–१४, अर्गलीको प्रहरी चौकीमा, दलित अधिकारकर्मी, वडाध्यक्ष र डेरी सञ्चालकबीच छलफल भए पनि टुंगोमा पुग्न नसक्दा समस्या भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...