नेकपा एमाले प्रदेश सभा निर्वाचन कास्की २ ‘क’ को कार्यालय उद्घाटन
पोखरा । नेकपा एमाले प्रदेश कास्की २ ‘क’ को निर्बाचन कार्यलय बुधबार उद्घाटन गरिएको छ । सो कार्यालयको नेकपा एमाले केन्द्रिय सदस्य एवम् पुर्व सांसद रबिन्द्र अधिकारिले उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै अधिकारिले आउदो निर्वाचनले देशको भाग्य र भविष्य निर्धारण गर्ने भन्दै समृद्ध नेपाल निर्माणको महाअभियान एमालेले मात्रै पूरा गर्न सक्षम भएको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवा र उनको दल नेपाली कांग्रेस बाम तालमेलबाट अतालिएर अनेकन बाहानाबाजी बनाउँदै निर्वाचन सार्ने षड्यन्त्रमा लागेको बताए । यदि देउवाले निर्वाचन सारेमा स्वयम् देउवा आफै सर्ने र कुर्चिबाट हट्ने बताए ।
नेता अधिकारिले एमाले र माओवादी केन्द्र बिचको तालमेल र एकता नयाँ नेपालको आबश्यकता भएको बताउदै आउने निर्वाचनमा आफुहरुको बाम पन्थी गठबन्धनले दुई तिहाइ मतका साथ मुलुक हाक्ने र आम जनतालाई सुख र समृद्धि दिने बताए ।
एमाले कास्की अध्यक्ष कृष्ण थापाले आउने निर्बाचनमा कास्की जिल्लालाई एमालेको लाल किल्ला बनाएरै छाड्ने बताउदै त्यस तर्फको तयारिमा लाग्न सबै कार्यकर्ताहरुलाइ आग्रह गरे ।
सो अवसरमा पोखरा लेखनाथ महानगरपालिका मेयर मन्जु देबि गुरुङ ,नेकपा एमाले कास्की क्षेत्र न २ का सम्योजक एवम् जिल्ला कमिटी उप सचिब प्रभा कोइराला उपस्थित थिए ।
प्रतिकृया दिनुहोस