माओवादी मन्त्री बने विना विभागीय, कमल थापालाई उर्जाको जिम्मेवारी

Pm office

काठमाडौं । माओवादी मन्त्रीहरुले सरकार नछाड्ने घोषणा गरेका ३ घण्टा पनि बित्न नपाउँदै उनीहरु विना विभागीय बनेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट मन्त्री भएकाहरुको जिम्मेवारी खोसेका छन् । प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलृ सम्हाल्दै आएका मन्त्रालयबाट मुक्त गरेका छन् ।

माओवादीका मन्त्रीहरु विना विभागीय बनेपछि प्रधानमन्त्री देउवाले राप्रपाका अध्यक्ष कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले मंगलबार विहानै माओवादी अध्यक्ष प्रचण्डलाई मन्त्रीहरुलाई विना विभागीय बनाउने चेतावनी दिएका थिए । देउवाका यस्तो चेतावनी आएपछि माओवादीका मन्त्रीहरुले २ बजे पत्रकार सम्मेलन गरे राजीनामा दिने तयारी गरेका थिए । तर, सरकारले निर्वाचन सार्ने सुचना पाएको भन्दै राजीनामा नदिने बताइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...