नेपाली कांग्रेस संविधान कार्यन्वयनप्रति गम्भिर भएन : माधव नेपाल

Madhav nepal

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमाले नेता माधवकुमार नेपालले नेपाली कांग्रेस संविधान कार्यन्वयनप्रति गम्भिर नभएको बताएका छन् ।

आज पार्टी मुख्यालय धुम्बाराहीमा आसन्न निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता भेला तथा विशेष प्रशिक्षण कार्यक्रम लाई सम्बोधन गर्दै नेता नेपालले आवश्यक्ता र पार्टी हितमै माओवादीसँग चुनावी तालमेल र एकताको प्रयास गरिएको भन्दै मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनलाई जिताउँन आग्रह गरे ।

पूर्वप्रधानमन्त्री समेत नेता नेपालले कांग्रेसका पछिल्ला गतिविधिप्रति सर्तक रहनुपर्ने भन्दै नेता नेपालले निर्वाचन नगर्न सरकारमा नयाँ गठबन्धन बनिरहेको बताए ।

उनले सर्वदलीय सरकार गठन गर्न प्रयास गर्नुपर्ने बेलामा माओवादीका मन्त्री हटाउन दवाव दिएर कांग्रेस र प्रधानमन्त्रीले लोकतन्त्रको खिल्ली उडाएको बताए ।

कार्यक्रममा कंग्रेस तनहुँका नेता माधव पन्त लगायत काठमाडौँका केही खेलाडीहरु एमाले प्रवेश गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...