लागूऔषधसहित पक्राउ

Pakrau chor

धनगढी । कैलालीको सीमावर्ती प्रहरी चौकी त्रिनगर भन्सार नाकाबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढा मगरले भन्सार नाकामा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा धनगढी उपमहानगरपालिका–४ का २२ वर्षीय भूपेन्द्र भट्ट र डडेल्धुरा दमडा गापा–४ का करन भाटलाई २३ ट्याब्लेट स्पास्मो, १२ ट्याब्लेट नाइट्रोभेट र तीन टुक्रा कोपट्याब लागूऔषधसहित सोमबार साँझ पक्राउ गरिएको जानकारी दिए । उनीहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...