बस ठोक्किँदा २ मृत्यु, ५ गम्भीर घाईते

Fb img 14803034635991

डोटी । महाकाली यातायात र उग्रतारा यातायातका यात्रुबस आपसमा ठोक्किँएका छन् । दुर्घटनामा २ जनाको घटनास्लमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा देहिमाण्डौ २ बैतडीकी ८० वर्षीया द्रोपती भण्डारी र परशुराम नगरपालिका ७ डडेल्धुराका १३ वर्षीय विक्रम बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख एसपी मधु पुडासैनीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाईते ५ जनालाई उपचारको लागि धनगढी पठाइएको छ । महेन्द्रनगरबाट बैतडी जाँदै गरेको महाकाली यातायातको ना ५ ख ६०८१ नम्बरको बस र डडेल्धुराबाट महेन्द्रनगर जाँदै गरेको उग्रतारा यातायातको ना ४ ख ६८५६ नम्बरको बस भिमदत्त राजमार्गको जोरायल गाउँपालिका १ गोगनपानीमा मंगलबार मध्याहृन ठोक्किएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...