बागलुङमा १ लाख ६८ हजार मतदाता  

Matdata baglung

बागलुङ । जिल्लामा मतदाता संख्या १ लाख ६८ हजार ३४९ रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ११ हजार ५४७ मतदाता थपिएका छन् ।

गत वैशाखमा स्थानीय तह चुनाव हुँदा एक लाख ५६ हजार ८ सय दुई मतदाता थिए । निर्वाचन आयोगले गत साउन १ देखि भदौ ३ गतेसम्म मतदाता नामावली दर्ताका लागि तोकेको समयमा नयाँ मतदाता थपिएका हुन् ।

जिल्लाका दश स्थानीय तहमध्ये बागलुङ नगरपालिकामा सबैभन्दा बढी ३ हजार ७१० मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र पौडेलले बताए ।

सबैभन्दा कम बरेङ गाउँपालिकामा ३३४ जनाले तस्वीरसहितको मतदाता नामावली दर्ता गराएका छन् । थप भएका मतदातामध्ये महिला ५ हजार ४१८ र पुरुष ६ हजार १२९ छन् ।

जिल्लाका मतदाता संख्यालाई आधार मान्दा यसअघिका अधिकांश चुनावमा ७० प्रतिशतको हाराहारीमा मत खस्ने गरेको जिल्ला निर्वाचन कार्यालयको तथ्यांक छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...