राप्रपा प्रजातान्त्रिकले तोक्यो कार्कीलाई प्रवक्ता
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले युवा नेता किशोरबहादुर कार्कीलाई प्रवक्ता तोकेको छ ।
सर्लाही जिल्लामा बसेर राम्रो पकड बनाएका कार्की तत्कालीन राप्रपाको प्रदेश नं. २ को संयोजक थिए । पार्टीको प्रभावशाली नेताका रुपमा चिनिएका कार्की युवक संगठनको केन्द्रिय संयोजक पनि थिए ।
लामो समयदेखि राजनीतिमा क्रियाशील कार्की राप्रपा प्रजातान्त्रिक गठन भएदेखि नै क्रियाशील थिए । उनीसँगै प्रदिप उदयलाई पनि राप्रपा प्रजातान्त्रिकले प्रवक्ता तोकेको छ ।
प्रतिकृया दिनुहोस