राप्रपाका संस्थापक पूर्वमन्त्री आचार्यको निधन

Dath

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक सदस्य एवं पूर्वमन्त्री रामकृष्ण आचार्यको मंगलबार बिहान निधन भएको छ ।

लामो समयदेखि फोक्सोको अर्बुदको उपचार गराइरहेका ८० वर्षीय आचार्यको आफ्नै निवास महाराजगञ्ज, कपनमार्गमा निधन भएको हो ।

रसुवा जिल्लाबाट जनप्रतिनिधिका रुपमा उनले लामो सयसम्म मुलुकमा राजनीति गरेका थिए । उनले स्थानीय विकास र विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यभार पनि सम्हालेका थिए ।

उनको पार्थिव शरीरलाई राप्रपाको पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा अपराह्न २ देखि ३ बजेम्म श्रद्धाञ्जलिका लागि राखिने राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

स्व. आचार्यका दुई श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको आजै आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

यसैबीच उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले आचार्य निवास पुगेर स्व आचार्यप्रति श्रद्धाञ्जलि व्यक्त गर्नाका साथै उनको परिवारजनप्रति सहानुभूति र समवेदना प्रकट गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...