चीनमा चुनाव हुँदा ६ दिन नाका बन्द

Rasuwagadhi naka

काठमाडौँ । नेपाल र चीनबिच सञ्चालनमा रहेको एकमात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका ६ दिनका लागि बन्द गरिएको प्रहरीले जनाएको छ ।

चीनमा बुधबार हुन लागेको कंग्रेससभाको चुनावका लागि रसुवागढी नाका बन्द गरिएको हो । १९औँ चिनियाँ नेशनल कंगे्रससभा तथा चीनतर्फको बाटो मर्मत गर्नुपर्ने कारण देखाउँदै चिनियाँ पक्षले सीमा नाका बन्द गरेको सहायक प्रमुख जिल्ला अधिकारीले बताए ।

चुनावभरका लागि चीनको केरूङमा बसिरहेका नेपालीलाई नेपाल फर्काइएको छ । व्यापारका लागि केरुङ पुगेका, होटल व्यवसाय सञ्चालन गरेर बसेका तथा रोजगारीका लागि केरूङमा रहेका सबै नेपालीलाई नेपाल फर्काइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...