लोकसञ्चार मार्ग निर्माण शुरु

Len

नुवाकोट । नुवाकोटको जिलिङदेखि धादिङको धार्केसम्म वैकल्पिक सडकका रूपमा दुई लेनको सडक निमाण शुरु भएको छ ।

लोकसञ्चार मार्ग नाम दिइएको ४० किमी सडकलाई तीन खण्डमा विभाजन गरेर पहिलो खण्ड जिलिङको बालुवाखानीदेखि केउरिनी हुँदै हुर्रेसम्म १० किमी सडकको काम शुरु भएको डिभिजन सडक कार्यालयका प्रमुख नीरज शाक्यले बताए । दुई लेनको सो सडक खण्डका लागि २४ करोड, २८ लाख ८४ हजार ३६१ लाग्ने बताइएको छ ।

जिलिङको सिमखेत केउरिनी–कुमरी झ्याङ्लीपोखरी हुँदै धादिङको आचार्य पोखरीबाट धादिङको धार्के बजारमा पृथ्वीराजमार्गमा सो लोकसञ्चार मार्ग जोडिने छ ।

स्वच्छन्द/वल्र्डवाइड/अमृत जेभी गरी तीन वटा ठेकेदार कम्पनीले संयुक्तरुपमा निर्माण थालेको पहिलो खण्डको काम २०७८ जेठ मसान्तसम्म सम्पन्न गर्नुपर्ने छ ।

लोकसञ्चार मार्ग त्रिभुवन राजपथबाट तराईसँग जोडिने भएकाले पृथ्वीराजमार्गमा समस्या आए पनि नेपालको तराईबाट सिधै रसुवागढीसम्म र रसुवागढीबाट सिधै तराईसम्मको व्यापार तथा आवागमनमा सहज हुने भएकाले सडकलाई वैकल्पिक राजमार्गका रुपमा हेरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...