मोटरसाइकल दुर्घटना एकको मृत्यु  

Acedent

धनकुटा । धनकुटा नगरपालिका ६ पात्लेखोलामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

सोमबार बेलुका सुनसरीबाट धनकुटा आउँदै गरेको को१प ९८४९ नंको मोटरसाइकल धनकुटाबाट मूलघाट जाँदै गरेको को२त ३५२१ नंको ट्र्याक्टरसंग ठोक्किएर दुर्घटनामा परी मोटरसाइकल चालक धनकुटा नगरपालिका–५ का ३१ वर्षीय सञ्जय राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार गम्भीर घाइते ३५ वर्षीय प्रदीपकुमार राईको धनकुटामा उपचार सम्भब नभएकाले धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान लगिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुरेन्द्र खड्काले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...