लोकतान्त्रिक गठबन्धनमा बस्ने इच्छा नरहेको : अध्यक्ष यादव

Upendra

विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसको नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा बस्ने इच्छा नरहेको बताए ।

विराटनगर विमानस्थलमा सोमबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै सो गठबन्धनसँग सिटको तालमेल हुने सम्भावना भने रहेको स्पष्ट पारे । आपसी समझदारीमा सो पार्टीसँग सिटको तालमेल हुने उनको भनाइ थियो ।

उनले लोकतान्त्रिक गठबन्धनमा बस्नका लागि राजनीतिको मूल मुद्दामा सहमति हुनुपर्ने नत्र अवसरवादीको संज्ञा दिइने उल्लेख गरे ।

सञ्चारकर्मीको जिज्ञासामा मन्त्रिमण्डलको विस्तार गरिनु गलत भएको भन्दै उनले भने ‘नेकपा माओवादी केन्द्र सत्तामा बसेर प्रतिपक्षसँग गठबन्धन गर्नु नैतिकताले दिँदैन ।’

फोरमका अध्यक्ष यादवले आपूm मोरङ वा अन्य कुन जिल्लाबाट चुनावमा उठ्ने विषयमा निर्णय नगरेको र केही दिनमै सो निर्णय गरिने जानकारी गराए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...