लाइसेन्स बिना सवारी चलाउने २६ हजारलाई कारबाही

Traffic action

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी चालक अनुमतिपत्र लाइसेन्स नलिई सवारी साधन चलाउने २६ हजार ५ सय २९ जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गरेको छ।

आर्थिक वर्ष २०७३ ७४ मा महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चेकजाँच गर्दा उक्त संख्यामा चालकलाई कारबाही गरेको हो।

महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालले अनधिकृत रुपमा लुकिछिपी सवारी साधन चलाउनेको संख्या धेरै रहेको बताए।

‘बिना लाइसेन्स भित्री सडकमा सवारी साधन चलाउने चालक धेरै छन्, ट्राफिक प्रहरीले यस्ता चालकमाथि विशेष अभियान चलाएको छ,’ प्रमुख खनालले भने।

उनले सवारी साधनको वृद्धिसँगै लाइसेन्स नलिई सवारी चलाउने चालकको संख्या पनि बढेको बताए।

महाशाखाले अहिले बिनालाइसेन्स सवारी चलाउने चालकमाथि १ हजार रुपैयाँ जरिवना लिँदै आएको छ। पहिला २ सय ५० रुपैयाँ राजश्व लिँदै आएको महाशाखाले २०७३ वैशाख १३ गतेको निर्णयअनुसार १ हजार राजश्व लिँदै आएको हो।

पक्राउ परेका सवारी साधन फिर्ता भने सम्बन्धित सवारी धनी वा चालकको आफन्तले लाइसेन्स लिएर आएपछि मात्र गर्ने गरिन्छ।

हाल काठमाडौँ उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारी साधन रहेको यातायात व्यवस्था विभागले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...