महिला, पिछडिएका वर्गको उत्थानका लागि नवीकरणीय ऊर्जाको उपयोगमा जोड

काठमाडौँ । महिला तथा पिछडिएका वर्गलगायत विपन्न समुदायलाई नवीकरणीय ऊर्जाका प्रविधिमा पहुँच पु¥याउन नसकेसम्म सबैका लागि ऊर्जा तथा दिगो विकास लक्ष्य हासिल गर्न नसकिने यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रमका सहभागी वक्ताले बताए ।

नेपाल नवीकरणीय ऊर्जा परिसंघले आयोजना गरेको कार्यक्रममा महिला तथा समाजमा पिछडिएका वर्गको समष्टिगत उत्थानका लागि नवीकरणीय ऊर्जा प्रविधि उपयोगमा जोड दिनुपर्ने उनीहरुको भनाइ थियो ।

नवीकरणीय ऊर्जा प्रविधिलाई बत्ती बाल्नेबाहेक परिप्रयोग बढाइ आयमूलक कामकाजमा पनि उपयोग गर्न अनुदान, वित्तीय सुविधा र व्यस्थापन, सीप हस्तान्तरण र उत्पादन हुने वस्तु वा सेवाको बजारीकरणका लागि सम्बन्धित निकाय, संघसंस्था, दातृ निकाय, वित्तीय संस्था, सहकारी संस्था सक्रियतापूर्वक परिचालन गर्नु आवश्यक रहेकामा जोड दिइयो ।

उक्त अवसरमा ऊर्जाविद् डा इन्दिरा शाक्यले सरकारका विभिन्न नीति नियममा महिला तथा ऊर्जाका सबालहरुको व्यवस्था गरिए पनि तिनको कार्यान्वयन नहुँदा महिला तथा पिछडिएका वर्गको उत्थानका लागि उपयुक्त वातावरण तयार पार्न चेतनामूलक कार्यक्रमको आवश्यक रहेको बताए ।

सेवा नेपालका अध्यक्ष कल्याणी शाहले व्यवसायी र संघसंस्थाको ऐक्यबद्धताबाट महिला र पिछडिएका वर्गको उत्थानका लागि उपयुक्त वातावरण तयार पार्न सकिने धारणा राखे ।

परिसंघका अध्यक्ष गुणराज ढकालले नवीकरणीय ऊर्जा प्रविधि सबैका लागि उपलब्ध तुल्याई कृषि, सिँचाइ, खानेपानी, स्वास्थ्य, शिक्षा, सञ्चार, साना तथा घरेलु उद्योग तथा यातायातजस्ता आर्थिक–सामाजिक उत्थानका महत्वपूर्ण पक्षलाई सबल तुल्याउन परिसंघले सचेतना, उत्प्रेरणा र समन्वयका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...