दलित हटाइ शिल्पी शब्द समावेश गर्न माग

काठमाडौँ । राष्ट्रिय शिल्पी आन्दोलन नेपालले नेपालको संविधानमा आफूहरुलाई हेला गरी ’दलित’ भनी लेखिएकामा आपत्ति जनाउँदै दलित हटाई ’शिल्पी’ शब्द समावेश गर्न माग गरेको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा शिल्पी आन्दोलनका संयोजक दानबहादुर विश्वकर्माले आफूहरुले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूचीमा उम्मेदवारको सूची बुझाउँदा ‘हिले दलित भनी प्रमाणित’ गरेर आउन आयोगले आदेश दिएको भनी विरोध गरेका छन् ।

प्रेस विज्ञप्तिमा आदिम कालदेखि पेशाका रुपमा लत्ताकपडा, गरगहना, हातहतियार, भाँडावर्तन, कृषि औजार, जुत्तालगायत सामग्री, पोशाक, घर, मठमन्दिर, महल दरबार, देवस्थल, मुकुट, सिंहासनलगायत शिल्पसम्बन्धी पेशा व्यवसाय गर्दै आएका विश्वकर्मा, सार्की, दमार्इं, गन्धर्व, वादी, पोडे, च्यामे, मोची, धोबी, कोरी, तत्मा, दुसाध, पासीलगायत जातिलाई अपमानित गरेर दलित भनिएकामा विरोध गरिएको छ ।

दलित प्रमाणित गराएर मात्र प्रदेशसभा तथा प्रतिनिधिसभामा समानुपातिक उम्मेदवार बन्न पाउने नीतिलाई अबिलम्ब खारेज गर्न सरकारसँग माग गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...