बृहत वैकल्पिक राष्ट्रिय शक्ति निर्माणका लागि पार्टी एकीकरण : अन्सारी

Rizwan ansari

काठमाडौँ । मो. रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीमा नेकपा माओवादी केन्द्रका असन्तुष्ट नेताहरुले निर्माण गरेको वाम लोकतान्त्रिक जनपक्षीय मञ्च र आधुनिक नेपाल पार्टी समाहित भएका छन् ।

आइतबार मधेश मिडिया हाउसमा नेपाल संघीय समाजवादी पार्टीले आयोजना गरेको एकीकरण घोषणा कार्यक्रममा अध्यक्ष अन्सारीले मुलुकलाई निकास दिनका लागि आफूहरु तेस्रो धार निर्माणको अभियानमा अगाडि बढिरहेको बताए ।

उनले आगामी निर्वाचन र राज्यका सम्पूर्ण अंगहरुमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने उनले दाबी गरेका छन् ।

उनले आगामी निर्वाचनमा आफूहरु बस छाप लिएर सहभागिता जनाउने बताए । उनले मुलुकमा रहेका सबैखाले विभेद अन्त्य गर्नका लागि बस छापमा मतदान गर्न आग्रह गरेका छन् ।

‘हामी संसदमा बहुमत भएर उपस्थिति जनायौं भने सम्पूर्ण शोषित, पीडित जनताहरुको अधिकार सुनिश्चित भएन भने हामी संसद चल्न दिनेछैनौं,’ उनले भने, ‘संविधान संशोधन नभएसम्म संसद अगाडि बढ्न दिनेछैनौं ।’

जीतवीर लामा नेतृत्वको वाम लोकतान्त्रिक जनपक्षीय मञ्च र कृष्णगोपाल बन्जारा नेतृत्वको आधुनिक नेपाल पार्टीसहित राजपा नेपालका पूर्वसभासद् तथा असन्तुष्ट नेताहरु पनि अन्सारीको पार्टीमा समाहित भएका छन् ।

मञ्चका लामा, महासचिव योगेन्द्र घिसिङ, आधुनिक नेपाल पार्टीका कृष्णगोपाल बन्जाा, महासचिव अनिल भण्डारी, राजपा नेपालका पूर्वसभासद् सन्ध्या देव लगायत असन्तुष्टहरु नेपाल संघीय समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

‘उत्पीडित जनताहरुको संघर्ष र बलिदानले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघात्मक शासन व्यवस्थाको रक्षा गर्दै, स्वतन्त्रता, समानता, सामाजिक न्याय, सुशासन र समृद्धि तथा दिगो शान्तिको दिशातर्फ अगाडि बढ्ने’ संयुक्त विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...