१५ किलो गाँजासहित ३ पक्राउ

Pakrau 1

गौशाला । प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिबासमा १५ किलो गाँजासहित आइतबार बिहान ३ जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलका अनुसार बर्दिबास–५ स्थित सडकमा एक रात्रिसेवा बसबाट १४ किलो ८४० ग्राम गाँजा बरामद गरिएको हो ।

काठमाडौंबाट महोत्तरीको औरही गाउँपालिका, सोनामाईमा आउँदै गरेको ना ६ख ५४३४ नंको सोनामाई डिलक्स रात्रिसेवा बसलाई इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिगएको प्रहरी टोलीले शंका लागी जाँच गरेको थियो ।

प्रहरीले गाँजासहित सो बसका चालक, सहचालक र एक अपरिचित व्यक्ति र बसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा राखिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...