मोटरसाइकलको ठक्करबाट मृत्यु

Accident  333

दमक । मोटरसाइकलको ठक्करबाट झापाको दमकमा आज बिहान एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक–९ का ५० वर्षीय विष्णु सुवेदी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दमक–९ स्थित शान्तिमार्ग सडकखण्डमा बाटो काट्ने क्रममा तीव्र गतिमा आएको को७प नंको मोटरसाइकलले सुवेदीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते सुवेदीको विराटनगरस्थित न्यूरो अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इप्रका दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...