किन दिए लोहनीले विष्टलाई धन्यवाद ?
काठमाडौं । आफ्नो पार्टी परित्याग गरी अर्काे पार्टीमा प्रवेश गरेको घण्टा बित्न नपाउँदै पार्टी परित्याग गर्ने व्यक्ति धन्यवादको पात्र बनेका छन् । त्यसी धन्यवादको पात्र बन्ने व्यक्ति हुन् केशरबहादुर विष्ट ।
उनी शनिवार राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) मा प्रवेश गरेका विष्टलाई एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले विष्टको राप्रपा प्रजातान्त्रिक पार्टीमा बसाई स्थिर रहोस् भनी कामना पनि गरेका छन् ।
अन्य राजनीतिक पार्टीहरुले आफ्नो पार्टी परित्याग गर्ने वित्तिकै नानाथरी गाली गर्ने प्रचलन छ । विभिन्न आरोप लगाएर नंग्याउने चलन पनि छ । तर, डा. लोहनीले गाली गर्नुको सट्टा स्थिर राजनीतिको कामना गरेका छन् । ६ महिना एकीकृत राप्रपा राष्ट्रवादीमा रहँदा विष्टले पुर्याएको योगदानप्रति धन्यवाद पनि दिएका छन् ।
डा. लोहनीले नयाँ पार्टी निर्माणको अभियान चलाउँदा विष्ट राप्रपाबाट विद्रोह गरेका थिए । पछि उनी लोहनीसँगै एकीकृत राप्रपा राष्ट्रवादीमा आवद्ध भएका थिए । यसैको प्रशंसा गर्दै लोहनीले विष्टको आलोचना गर्नुको सट्टा स–सम्मान धन्यवाद दिएको प्रचार विभाग प्रमुख जनकराज पाठक बताउँछन् ।
प्रतिकृया दिनुहोस