एनआरएनए विश्व सम्मेलन सुरु

Nrn ktm to

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको विश्व सम्मेलन शनिबारदेखि काठमाडौँमा सुरु भएको छ ।

काठमाडौँको ह्यात होटलमा शनिबार आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले संघको ८औँ सम्मेलन उद्घाटन गरेकी छन् ।

सम्मेलनमा ७० भन्दा बढी देशका २ हजार बढी प्रतिनिधि सहभागी छन् । ३ दिनसम्म चल्ने सम्मेलनले आगामी नयाँ नेतृत्व चयन गर्नेछ ।

सम्मेलनअन्तर्गत भोलि बन्द सत्र र पर्सि नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने कार्यतालिका छ ।

नयाँ नेतृत्वका लागि अध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा जमुना घले, भवन भट्ट र टीबी कार्कीको उम्मेदवारी परेको हो । अन्य पदाधिकारीहरु पनि निर्वाचनमार्फत नै चुनिनेछन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...