राष्ट्रपति कार्यालयमा सुरसारै छैन सपथग्रहणको
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार ४ मन्त्री मन्त्री र ४ राज्यमन्त्री नियुक्त गरे पनि यतिबेलासम्म राष्ट्रपतिको कार्यालयले सपथग्रहणको सुरसार गरेको छैन ।
प्रधानमन्त्री देउवाले शुक्रबार साँझ नै मन्त्री नियुक्त गरेको पत्र पठाएका थिए । तर, प्रधानमन्त्रीको निर्णयप्रति असहमति जनाउँदै राष्ट्रपतिको कार्यालयले प्रधानमन्त्रीको पत्र दर्ता गरेको थिएन ।
‘हिजो पत्र पाए पनि दर्ता नभएकाले आजको कार्यसूचीमा सपथ ग्रहणको कार्यसुची छैन’ राष्ट्रपति कार्यालय स्रोत भन्छ, ‘अहिलेसम्म सपथ गराउने कुनै कार्यसुची छैन, भरे के हुन्छ, भन्न सकिन्न ।’
अरुबेला प्रधाननमन्त्रीले मन्त्रि नियुक्त गरेको पत्र पाएपछि राष्ट्रपति कार्यालयले सपथग्रहणको तयारी थाल्ने गथ्र्याे । तर, राष्ट्रपति, निर्वाचन आयोग र विभिन्न निकायले विरोध जनाएपछि राष्ट्रपति कार्यालयले अहिलेसम्म कुनै तयारी गरेको छैन । स्रोतले भन्यो, ‘अहिलेकै अवस्थालाई हेर्दा आज कुनै सपथग्रहण होला जस्तो छैन ।’
सरकारले संसद विघठन हुनु एक दिन अगाडि सरकारले निर्वाचन आचारसंहिता विपरित मन्त्रिपरिषद विस्तार गरेको थियो । देउवाले शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री नियुक्त गरेको थियो । थापासँगै शुक्रबार देउवाले जयन्त चन्द, दिलनाथ गिरी र विक्रम थापालाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् भने कुन्ती शाही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त गरेका थिए ।
राष्ट्रपति–आयोगबीच भेटघाट
यता, निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेको छ । विहान ११ बजे राष्ट्रपति कार्यालयममा भएको छलफलमा आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवसहितले भटघाट गरेको छ ।
आयोगले प्रधानमन्त्री देउवाले शुक्रबार मन्त्रीपरिषद् विस्तार गरेपछि असन्तुष्टी जनाएको थियो । त्यही असनतुष्टि पोख्न आयोगले राष्ट्रपति भेट्न पहल गरेको थियो ।
शनिवार राष्ट्रपतिसँग भएको भेटमा निर्वाचन अयोगले मन्तिमण्डल विस्तार गर्ने काम सरकार र राष्ट्रपतिको भएको बताएको स्रोतको भनाई छ । बिहानसम्म मन्त्रिमण्डल विस्तारको विरोधमा रहेको आयोगले राष्ट्रपतिलाई जिम्म लगाएर निस्किएको स्रोतको भनाई छ ।
प्रतिकृया दिनुहोस