काँग्रेस कम्युनिष्ट गठबन्धनसँग डराउँदैन : रक्षामन्त्री

Bhimsen das

काठमाडौँ । रक्षामन्त्री भीमसेनदास प्रधानले मुलुकलाई सम्पन्न बनाउनका लागि काँग्रेस र कम्युनिष्ट दुई राजनीतिक पार्टी मात्र हुनुपर्ने बताए ।

नागरिक सरोकार समाज तारकेश्वरको सार्वजनीकरण तथा शुभकामना आदनप्रदान कार्यक्रममा मन्त्री प्रधानले न्यूनतम राजनीतिक विचार तथा कार्यक्रममा सहमति हुने पार्टीबीच एकता भए देशमा अस्थिरताको अन्त्य हुने बताउँदै अब देशको उन्नतिका निम्ति क्षेत्रीय, जातीय र अन्य पार्टीबीच एकीकरण हुनुपर्ने बताए ।

नेपालका कम्युनिष्टबीचको एकताले काँग्रेसलाई कुनै असर नगर्ने विचार व्यक्त गर्दै मन्त्री प्रधानले राणा शासनदेखि राजासम्मलाई फाल्ने काँग्रेस कम्युनिष्ट गठबन्धनसँग नडराउने बताए ।

संसदीय निर्वाचनमा आफूले क्षेत्र नं ६ बाट नै चुनाव लड्ने बताउँदै उनले भने ‘यो क्षेत्रमा मेरो निकै ठूलो योगदान र लगानी छ, त्यसेले यो क्षेत्रबाट म चुनाव लड्दै छु ।’

कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले स्थानीय निकायमा कर्मचारीको अभावमा जनताका काम गर्न निकै कठिन भएको बताउँदै नगरपालिकामा योजना, प्रशासन फाँट नै छैन, कार्यकारी र केही कर्मचारीले सबै कुरा एकैपटक गर्नुपर्दामा काममा ढिलाइ भइरहेकाले आवश्यक कर्मचारीको माग गरे ।

कार्यक्रममा नेपाली काँग्रेस काठमाडौँका सभापति सबुज कृष्ण बानियाँ, नागरिक सरोकार समाज तारकेश्वरका अध्यक्ष चन्द्रमणि अधिकारीलगायतले मुलुकमा दलहरुबीच सहकार्य र समन्वयको खाँचो रहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...