बाजुरामा खुकुरी प्रहारबाट २ को मृत्यु

Wp 1487498415050

बाजुरा । त्रिवेणी नगरपालिका ८ कालापानीमा खुकुरी र खुँडा प्रहारबाट आज बिहान ७ बजे २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका मोहन गिरीका छोरा २७ वर्षीया नौले र ३२ वर्षीय अर्जुन गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार नौलेको घटनास्थलमै र अर्जुनको उपचारका क्रममा अछामको बयालपाटामा मृृत्यु भएको हो ।

घटनामा नरेश गिरी खुकुरी प्रहारबाट घाइते भएको निमित्त प्रहरी नायब उपरीक्षक जगदीश भट्टले जानकारी दिए ।

भट्टका अनुसार दाइ मोहन र भाइ गोरखबीच जग्गाका विषयमा भनाभन हुँदा खुकुरी प्रहार गरिएको बताए ।

भाइ गोरखका तीन छोराले खुकुरी, खँुडा र फलामको पाइपले हानेर एकको घटनास्थलमा नै एकको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

घाइतेको बूढीगंगा नगरपालिकास्थित बडीमालिका पोलिक्लिनिकमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने गोरख तथा उनका २० वर्षीय छोरा योगेन्द्र र १६ वर्षीय दिनेशलाई प्रहरी नियन्त्रणमा लिइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...