भूकम्प प्रभावितलाई रेडक्रसको सहयोग

Money 5

नगरकोट । नेपाल रेडक्रस सोसाइटीले २०७२ सालको भूकम्पपश्चात् ६ हजार ६१३ परिवारलाई आवास निर्माणका लागि ६७ करोड रकम सहयोग गरेको जनाएको छ ।

शुक्रबार नगरकोटमा आयोजित वार्षिक समीक्षा बैठकमा सो जानकारी दिँदै मुलुकको नयाँ संरचनासँग अनुकूलित गर्दै संस्थाको विधानलाई परिमार्जन गर्ने रेडक्रसले निर्णय गरेको छ ।

राष्ट्रिय अन्तर्राष्ट्रिय परिदृश्यमा देखिएका नयाँ मानवीय चुनौतीलाई आत्मसात् गरी मानवीय गतिविधिलाई अझ प्रभावकारी बनाउने नेपाल रेडक्रस सोसाइटी नेरेसोले निर्णय गरेको छ ।

संस्थाका मानवीय सेवा गतिविधिमा स्थानीय तहहरूसँगको सहकार्य बढाउन तथा सामुदायिक सहभागिता बढोत्तरी गर्न नीतिगत आधार तयार गरिने रेडक्रसले जनाएको छ ।

रेडक्रसका अध्यक्ष सञ्जीव थापाले सामुदायिक सहभागिता र स्वयंसेवकको बलबाट नै संस्था सञ्चालित भइरहेकाले समुदायको संलग्नता बढाउन र प्रभावकारी सेवा प्रदान गर्न समीक्षा बैठकले बाटो निर्देश गरेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...