के थियो कारण शिक्षा मन्त्रीलाई कालो मोसो दल्ने ?

Gopalman shresth

काठमाडौं । शुक्रबार उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई विद्यार्थीले भेट्न चाँजोपाँजो मिलाएका थिए । विद्यार्थी संगठनलाई भेट्ने भनेपछि त्यसैको प्रतिक्षामा थिए शिक्षा मन्त्री श्रेष्ठ ।

तर, दुर्भाग्य विद्यार्थी संगठनका नेताहरु मन्त्रीलाई भेटेर कुरा गर्ने भन्दा पनि कार्यकक्षमै पुगेर कालो मोसो दल्ने योजनामा थिए । जसका कारण मन्त्री श्रेष्ठले कर्मचारीमै अघि कालो मोसो दलिने प्रयासको सामना गर्नुप¥यो ।

तर, कर्मचारीले शिक्षा मन्त्रीलाई कालो मोसो दल्नबाट बचाएका छन् । भेटघाटको नाममा कालो मोसो दल्न गएका विभिन्न राजनितिक दल निकट विद्यार्थी संगठनका प्रतिनिधीलाई मन्त्रीको कार्यकक्षमा गएर मोसो दल्न लाग्दा कर्मचारीले निक्कै प्रयास गरेर रोकेका थिए ।

विद्यार्थीहरु कार्यकक्षमा पुग्ने वित्तिकै नारावाजी सुरु गरेका थिए । त्यहीबेला शिक्षा मन्त्री श्रेष्ठलाई विद्यार्थीले कालो मोसो दल्न खोजेका थिए । तर, कर्मचारीले कालो मोसो लगाउन भने रोकेका थिए । कालो मोसो दल्न पुगेका विद्यार्थी संगठनका नेताहरुले केही बेर नारावाजीसमेत गरेका थिए ।

यस्तो छ आरोप
विद्यार्थी संगठनहरुले शिक्षा मन्त्रीलाई विभिन्न आरोप लगाएका छन् । उनीहरुले अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाको नाममा स्थायी गर्न खोजिएको मुख्य आरोप छ ।

त्यसैगरी सीटिइभीटीमा आर्थिक प्रलोभनमा परेर कलेजहरुलाई सम्बन्धन दिएको आरोप पनि शिक्षा मन्त्रीलाई लगाएका छन् । शिक्षा मन्त्रीको विरोधमा उत्रिएका विद्यार्थी संगठनको विहीबार बसेको संयुक्त बैठकले शिक्षा मन्त्रीलाई सार्वजनिक बहिष्कार गर्ने निर्णय गरेका थिए । सोही निर्णय अनुसार ‘तपाँइलाई वहिष्कार गर्ने निर्णय भएको छ’ भन्ने विषयमा जानकारी गराउने वहाना बनाएर विद्यार्थीहरु मन्त्रीको कार्यकक्षमा गएका थिए ।

आन्दोलनमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ बाहेकका ९ विद्यार्थी संगठन सहभागी छन् । यसअघिको आन्दोलनमा सँगै रहेको नेविसंघ भने एमाले र माओवादीबीच गठबन्धन बन्ने निर्णय भएसँगै बाहिरिएपछि ९ संगठन आवद्ध छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...