बसको ठक्करले एक किशोरीको मृत्यु

Accident 3

चितवन । बसको ठक्करबाट चितवनमा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ बैदी घरभएकी २२ वर्षीया निशा थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चौबिसकोठीबाट नारायणगढतर्फ जाँदै गरेको ना ३ ख २२८० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ना ३० प ५५०० नम्बरको मोटरसाइकललाई आज बिहान ११.४५ बजे भरतपुरको वीरेन्द्र क्याम्पस गेट अगाडि ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार थापाको मृत्यु भए पनि चालक भने सामान्य रहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बस र मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...