एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

Pakrau 1

कञ्चनपुर । कञ्चनपुर जिल्लाको गड्डाचौकीबाट असोज २५ गते विभिन्न खालको लागूऔषधसहित एपीएफ टोलीले एक जनालाई पक्राउ गरेको छ ।

बैतडीको शैलेश्वर १ घर भई भिमदत्त नगरपालिका १८ बस्ने भगवती प्रसाद भट्टलाई सशस्त्र प्रहरी बल नेपाल राजस्व एवं भन्सार सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको एपीएफ टोलीले विभिन्न किसिमका १ सय ८६ वटा लागूऔषधसहित पक्राउ गरेको हो ।

सो गुल्मबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रामबहादुर श्रेष्ठको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त स्थानमा रहेको चेकपोइन्टमा जाँच गर्ने क्रममा निज भट्टको साथमा डाईजिल्याब, बाप्रेनोरफिन, निट्राजेपान, प्रोमेथर्जिन हाईड्रोसाइड लगायतको लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

एपीएफ टोलीले निज भट्टलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...