एपीएफ टोलीद्वारा अवैध काठ बरामद

Thumbnails2

झापा । झापा जिल्लाको मेची नगरपालिका १० धुलाबारीबाट असोज २५ गते राति एपीएफ टोलीले करीव चार लाख २० हजार रुपैयाँ बराबरको अवैध काठ बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले सो ठाउँबाट करीव एक हजार ५० क्यूफिट बराबरको सालको काठ बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा खटिएको सो टोलीले धुलाबारी स्थित नुरीशोभा काठ मिलबाट उल्लेखित काठ बारमद गरेको हो ।

बारमद काठ आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय चन्द्रगढी झापामा बुझाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...