राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमण सकेर,आजै काठमाडौँ फर्किने

Bidya devi bhandari

बैतडी । राष्ट्रपति विद्यादेवी भण्डारी प्रदेश नं ७ सुदूरपश्चिमको भ्रमणमा आएकी छन् ।

राष्ट्रपति भण्डारी अहिले सुदूरपश्चिमको पर्यटकीयस्थल खप्तडमा पूजाआजा तथा भ्रमणमा रहनुभएको प्रदेश नं ७ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विजयकुमार भट्टले जानकारी दिए ।

उनले भने ‘खप्तडबाट फर्किएर आज नै उनको डोटीस्थित शैलेश्वरी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।’

राष्ट्रपति भण्डारी आज नै काठमाडौँ फर्किने कार्यक्रम रहेको ७ नं प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ ।

सुदूरपश्चिमका नौवटै जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको भए पनि कार्य व्यस्तताले अरू जिल्लाको भ्रमण गर्न नसकिने बताइएको छ । राष्ट्रपति भण्डारी दुईदिने भ्रमणका लागि बुधबार सुदूरपश्चिमको डोटी आइपुगेकी थिइन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...