कर्णालीले देशको अर्थतन्त्र मजबुत पार्ने क्षमता राख्दछ : राष्ट्रपति

राष्ट्रपति भण्डारी

जुम्ला । ‘कर्णालीको सुखी र समृद्धिले मात्र देशको मुहारमा आमूल परिवर्तन ल्याउन सहयोग पुग्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन् ।

चन्दननाथ नमूना माध्यमिक विद्यालय खलंगाको नवनिर्मित विज्ञान प्रयोगशालाको भवन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कर्णाली अथाह सम्भावना र प्राकृतिक सम्पदाले भरिपूर्ण क्षेत्र भएको औँल्याइन् ।

‘कर्णाली क्षेत्र भाषा, संस्कृति, कलाको ऐतिहासिक भूमि हो नै, त्यसको अलवा दुर्लभ वनस्पति तथा वन्यजन्तु र बहुमूल्य वस्तु प्राप्त हुने मूल स्रोत पनि हो।,’ 

यति हुँदा पनि यस क्षेत्रको आर्थिक तथा सामाजिक विकास हुन नसक्दा यहाँका नागरिकले सहज जीवनयापन गर्न नसकेकोप्रति राष्ट्रपति भण्डारीले सहानुभूति प्रकट गरिन ।

जलवायु परिवर्तनलाई ध्यानमा राखेर यो क्षेत्रको विकासका लागि राज्य कर्णाली केन्द्रित हुनुपर्ने उनको धारणा थियो ।

सदियौँदेखि उत्पीडित क्षेत्र, वर्गलाई राज्यको मूल प्रवाह ल्याउन अधिकतम प्रयास भइरहेको जनाउँदै विकासमा कर्णालीलाई उच्च प्राथमिकतामा राखिएको उनको भनाइ छ।

विशेषगरी सरकारी सामुदायिक विद्यालयले मुलुक विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले ज्ञान–विज्ञानसँग जोडिएको प्रयोगशाला सञ्चालन सफलताको कामना गरेकी छन् ।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महतले शिक्षा क्षेत्रमा कर्णाली अहिले पनि पछि परेको विचार व्यक्त गरे ।

उनले भने ‘शिक्षा युगीन आवश्यकता हो, तर पनि कर्णालीमा २१औँ शताब्दीमा विज्ञान संकाय सहजै सञ्चालन गर्न नसक्नुले शिक्षामा नेपाल पछि छ भन्ने प्रस्टिन्छ ।’

साथै राज्यमन्त्री महतले मृत्यु मार्गको उपमा पाइरहेको कर्णाली राजमार्गको स्तरवृद्धिमा विशेष नजर दिन राष्ट्रपतिलाई अनुरोध गरे ।

कार्यक्रममा चन्दननाथका नमूना माविका प्रधानाध्यापक टंकबहादुर महतले उपेक्षित जीवनस्तरमा बाँचेको कर्णाली भूमिमा नेपालकै पहिलो महिला राष्ट्रपतिको आगमनले विकटतालाई निकटतामा परिणत गरेको बताए । उनले कर्णाली प्रदेशको भौगोलिक केन्द्रमा पर्ने यस भूमिलाई राष्ट्रप्रमुखका हैसियतले न्याय दिलाउन आग्रह गरे ।

राष्ट्रपति भण्डारीले हिमाली क्षेत्रमा स्थापित उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान मारी र त्यसअन्तर्गत गुठीचौर भेडाबाख्रा अनुसन्धान, वागवानी विकास अनुसन्धान र कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले हालसम्म गरेका गतिविधिबारे आयोजित प्रदर्शनी अवलोकन गरेकी छन् । जुम्लामा राष्ट्रपति भण्डारीले चन्दननाथ तथा भैरवनाथ बाबाको दर्शनका साथै पूजाआजा पनि गरिन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...