निर्वाचन सफल पार्न अमेरिकाले सहयोग गर्ने
अमेरिकी राजदूत टेप्लिज भन्छिन्, गठबन्धनले कस्तो असर पार्ला ?
काठमाडौं । पछिल्लो समयमा विभिन्न राजनीतिक पार्टीहरुबीच गठबन्धन बनिरहेका बेला विभिन्न मुलुक त्रसित बनेका छन् । यसैक्रममा अमेरिकी राजदूत राजदूत एलिना वि टेप्लिजले बढ्दो राजनीतिक ध्रुवीकरणले नेपालमा पर्ने असरबारे चासो राखिन् ।
उद्योग मन्त्री सुनीलबहादुर थापासँग मन्त्रालयमा बुधबार भएको भेटघाटमा राजदूत टेप्लिजले सरकारले मंसिर १० र २१ मा निर्वाचन गर्न लागेको बेला राजनीतिक ध्रुवीकरण बढ्दा समस्या आउँला कि भनेर चासो राखेकी थिइन् ।
झण्डै १ घण्टा लामा भेटमा राजदूत टेप्लिजले पछिल्लो समयमा देखा परेको नेपालको राजनीतिक अवस्थाबारे पनि चासो राखेकी थिइन् । उनले पछिल्लो चरणमा बनेका विभिन्न गठबन्धन बनिरहेका कारणनेपालको विकासमा असर त पु¥याउँछ कि पु¥याउँदैन भनी चासो पनि राखेकी थिइन् ।
उनले सरकारले मंसिर १० र २१ मा गर्न लागेको निर्वाचनमा अमेरिकाले पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धतासमेत जनाइन् । उनले भनिन्, ‘नेपालमा जहिले पनि शान्ति कायम भएको चाहन्छ, त्यसका लागि सरकारले जसरी निर्वाचन गर्न हरसम्भव प्रयास गरेको छ, त्यसलाई अमेरिकाले स्वागत र समर्थन गर्छ ।’
सो भेटमा राजदूत टेप्लिजले पुनर्निमाणको कामबारे चासो राखेकी थिइन् । सो भेटमा राजदूत टेप्लिजले नेपालको औद्योगिक विकासमा अमेरिकाले सधैं सहयोग गर्ने प्रतिवद्धता जनाइन् । उनले नेपालमा जीर्ण अवस्थामा रहेका उद्योग सञ्चालन, भइरहेका उद्योगहरुको स्तरउन्नती र नेपालमा उत्पादिन बस्तुहरुको अन्तराष्ट्रिय बजारसम्म पु¥याउन आफुले मद्यत गर्ने प्रतिवद्धता जनाइन् ।
सो अवसरमा मत्री थापाले मन्त्री थापाले नेपालको औद्योगिक विकासका लागि लगानी गर्न आग्रह गरे । ‘नेपालमा संविधान जारी भएर एउटा खुड्किलो पनि पार गरिसकेको छ, अव लगानीमा कुनै समस्या छैन’ मन्त्री थापाले भने, ‘सरकारले प्रदेश र केन्द्रको निर्वाचन पनि सम्पन्न गर्न लागेकाले नेपालमा विदेशी लगानी आवश्यक छ ।’
सो भेटमा मन्त्री थापाले पछिल्ला राजनीतिक घटनाक्रमले नेपालको औद्योगिक विकासमा कुनै प्रभाव नपार्ने प्रतिवद्धता जनाए ।
प्रतिकृया दिनुहोस