फेरि अर्का व्यवसायीको गोली हानी हत्या

बढ्न थाल्यो हत्या श्रंखला, सरकार मुकदर्शक किन ?

Gauchan car

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको काठमाडौंको शान्तिनगरस्थित प्रयागमार्गमा गोली हानी हत्या भएको २४ घण्टा नबित्दै श्रंखलाबद्ध रुपमा गोली काण्ड मच्चिन थालेको छ ।

गौचनको हत्या भएको २४ घण्टा नबित्दै सर्लाहीमा सुन व्यवसायीको हत्या भएको छ भने सुरक्षागार्ड माथि गोली प्रहार गोली प्रहार भएको छ । तर, प्रहरीले भने सबै घटनामा संलग्न कसैलाई पक्राउ गर्न सकेको छैन ।

सर्लाही कविलासी नपा वडा ३ बस्ने २७ वर्षीया सुनील शाहलाई गोली हानी हत्या गरेको छ । सर्लाहीको पीडारीमा सुनचाँदी पुसल बन्द गरेर घर आउने क्रममा तीन जनाको अज्ञात समूहले उनलाई गोली हानी हत्या गरेको छ ।

उनलाई मोटरसाइकलमा आइरहेको बेला गाउँको बीचमा अज्ञात समूहले गोली हानेको शाहका बुवा नागेन्द्रले बताए । शाहले हरिपुर नपाको पीडारी बजारमा सुन चाँदी पसल चलाउँदै आएका थिए । शाहको शव पोष्टमार्टमको लागि मलंगवा अस्पतालमा राखिएको छ ।

यता अज्ञात समूहले मंगलबार साँझ सप्तरीको सुरुगा नगरपालिकास्थित त्रियुगा डिस्ट्रलरीका सुरक्षागार्ड माथि गोली प्रहार गरेको छ । साँझ ७ बजेतिर आएको समूहले डिस्ट्रलरीको गेटमा सुरक्षागार्ड बसिरहेका मोरङको सुन्दर हरैचा नगरपालिका –६ का २५ वर्षीय नवराज कोइरालामाथि गोली प्रहार गरेका हुन् ।

गोली लागेर घाइते भएका सुरक्षागार्ड कोइरालाको लहानस्थित सप्तऋषि नर्सिङहोम उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक देवेन्द्र दासले घटनामा संलग्नहरुको खोजी तीव्र बनाइएको र घटनाबारे अनुसन्धान भइरहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...