निर्वाचनको मुखैमा किन आयो अयोधीको यस्तो कुरा ?

Ayodhi yadab

काठमाडौं । निर्वाचनको मिति नजिकिदै गर्दा निर्वाचन आयोग सरकारसँग शसंकित बनेको छ । पछिल्ला दिनमा राजनीतिक घटना क्रम छिनछिनमा परिवर्तन हुने र राजनीतिक दलहरुबीच दुरी बढ्न थालेसँगै आयोग सरकारसँगै संशकित बनेको हो ।

आयोगले सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा सरकारले चुनावको मिति सार्न सक्ने भन्दै आयोगले सरकारलाई कुनै अप्रिय निर्णय नगर्न आग्रह पनि गरेको छ । निर्वाचन सार्ने र मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा सरकार जुटेको समचार आइरहेका बेला प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनलाई अप्रिय हुने कुनै निर्णय नगर्न सरकारसँग आग्रह गरे ।

आयोगले नै यसरी कुनै अप्रिय निर्णय नगर्न आग्रह गरेपछि सरकारले निर्वाचन सार्न आयोगलाई आग्रह गरेको होकी भन्ने शंका पनि उत्पन्न भएको छ । मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि सञ्चालित निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी दुई दिने तालिमको उद्घाटनमा यादवले भने, ‘आयोगले निर्वाचनका सबै तयारी पूरा गरिसकेका कारण सरकाले हतास मानसिकताले अप्रिय निर्णय नगरोस् ।’

उनले आयोग निर्वाचनको व्यवस्थापन तथा तयारी जोडतोडका साथ अघि बढिसकेको हुँदा यसलाई प्रभावमा पार्ने काम नगर्न आग्रह गरे । ‘कानुन, नियम र निर्देशिकालाई अन्तिम रुप दिइसकिएकाले कहीँ कतैबाट पनि निर्वाचनमा कुनै किसिमको व्यवधान नआओस्’ उनले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै पटक दुई चरणमा गर्ने काम निकै कठिन र चुनौतीपूर्ण रहे पनि त्यसलाई स्वीकारेर आयोग अघि बढिसकेको छ ।’

मंगलबार नै बाम गठबन्धनका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार निर्वाचन सार्ने तयारीमा रहेको बताएका थिए । ओलीले सरकारले निर्वाचन सार्न खोजेको छ, यो कदापी स्वीकार्य नहुने बताएका थिए ।

ओलीको यो भनाई र आगोगका अध्यक्ष अयोधीप्रसाद यादवले दिएको अभिव्यक्तिले कतै सरकारले निर्वाचन त सार्न लागेको छैन ? प्रश्न उब्जिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...