गौचन हत्यारामाथि कारवाहीको माग

Press release

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि सोमबार भएको गोली प्रहारको नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले घोर भत्सर्ना गरेको छ ।

महासंघका अध्यक्ष एवं नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रिय सदस्यसमेत रहेका ताराबहादुर कुँवरले मंगलबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी यथाशिघ्र हत्यारा पता लगाई दोषिमाथि कडाभन्दा कडा कारबाहीको माग गरेको छ ।

गौचनको दुखद निधनले सम्पूर्ण व्यवसायी मर्माहत भएको विज्ञप्तिमा उल्लेख छ । साथै यो आक्रमण सम्पूर्ण व्यवसायीमाथि भएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदनासमेत व्यक्त गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...