तरकारी खेतीतर्फ आकर्षित हुँदै राउटे समुदाय

Raute smuday

डडेल्धुरा । पछिल्लो समय राउटे समुदाय तरकारी खेतीतर्फ आकर्षित भएका छन् । सरकारले राउटेका लागि घरबासको व्यवस्था गरी पुनःस्थापना गरेसँगै उनीहरु आफ्ना परम्परालाई छोडी विभिन्न व्यवसायमा लागेका छन् ।

राउटे समुदाय जंगलको बास, ओढार र खानेकुरामा भ्याकुर, गिठा, तरुल र वन्यजन्तुको शिकार गर्न छोडी खेतीपाती र तरकारी खेतमा लागेका हुन् । पछिल्लो समय परशुराम नगरपालिकाको आमपानीमा बस्दै आएका राउटे छन् ।

मनग्य आम्दानी हुन थालेपछि राउटे व्यावसायिक रुपमै तरकारी खेती गर्न थालेका जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत दिलबहादुर विष्टले बताए । उनीहरु घर–घरमा आधुनिक प्लास्टिकका घर निर्माण गरी तरकारी खेती गर्न थालेका छन् ।

स्थानीयवासी दिलबहादुर राउटे विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा गोलभेँडा, काँक्रा, फर्सी, काउलीलगायत तरकारी उत्पादन गर्न थालेको बताए । उनीहरु तरकारी बिक्री गरेर घर खर्चका साथै रकम बचत समेत गर्न थालेका छन् ।

आमपानीमा ३५ घरपरिवार राउटेमध्ये करिब २५ परिवार खेतीपातीसँगै तरकारीखेतीमा लागेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...