५ थान साइकल सहित २ लाख मूल्यबराबरको सामान बरामद  

Saman bramd

विराटनगर । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले सीमावर्ती विभिन्न स्थानबाट भन्सार छली नेपाल भित्र्याउन लागेका करिब २ लाख मूल्यबराबरको सामान बरामद
गरेको छ ।

कार्यालयले दिएको जानकारीअनुसार सीमावर्ती भारतीय बजार जोगवनीबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको खाद्यान्न, सुपारी र ५ थान साइकलसमेत गरी अन्दाजी १ लाख ७१ हजार बराबरको सामान आइतबार राति बरामद गरेको जनाएको छ ।

बरामद सामानसहित प्रहरीले विराटनगर–१७ बस्ने एक महिलालाई समेत नियन्त्रणमा लिएको छ ।सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय रानीमा बुझाइएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटिगएको प्रहरीको टोलीले सोमबार बिहान मोरङको धनपालथान गाउँपालिका–३ बाट अन्दाजी करिब ४ हजार मूल्य बराबरको विभिन्न किसिमका भारतीय पटका बरामद गरेको छ ।

बरामद पटका जिप्रका मोरङमा राखी आवश्यक अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...