ट्याक्सी दुर्घटना हुँदा २ को मुत्यु, २ को अवस्था गम्भीर

Taplejung durghatana

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा जाने यात्रु बोकेको ट्याक्सी दुर्घटना हुँदा २ को मुत्यु छ । २ जना गम्भीर घाइते भएका छन् ।

ताप्लेजुङ सदरमुकाम फुङलिङबाट यात्रु लिएर गएको मे १ ज १३०८ नम्बरको ट्याक्सी भालुगौडे भन्ने स्थानमा यात्रु ओराल्न पछाडी सार्ने क्रममा चिप्लिएर सडकबाट २ सय मिटर तल खसेको थियो ।

सो दुर्घटनामा परी मोरङ उर्लाबारीकी २५ वर्षीय अनिता थापा घिमिरेको घटनास्थलमै र गम्भीर घाइते उर्लाबारी ४ कै २८ वर्षीय होमु घिमिरेको जिल्ला अस्पतालमा उपचारको क्रममा मुत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी गम्भीर घाइते हुनेमा उर्लाबारी ४ कै २६ वर्षीय दिलिप घिमिरे र इलामका २३ वर्षीय चालक अमित श्रेष्ठ छन् । उर्लाबारी ८ का २३ वर्षीय अनिलजंग थापाको अवस्था सामान्य छ । सो ट्याक्सीमा ६ जना सवार थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...