पर्यटन मन्त्री देवले बुझाए आयोगमा स्पष्टिकरण

Jitendra dev

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले सोमबार अपराह्न निर्वाचन आयोग कान्तिपथ, काठमाडौँमा उपस्थित भई स्पष्टीकरण बुझाएका छन् ।

आयोगले मन्त्री देवलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई आयोगको सहमतिबिना सरुवा गरेको विषयलाई लिएर २४ घण्टाभित्र आयोगमा उपस्थित भई स्पष्टीकरण पेश गर्न असोज १९ गते आदेश दिएको थियो ।

आयोगले मन्त्री देवलाई निर्वाचन आचारसंहिताको अवहेलना हुनेगरी गरेको कार्य निर्वाचन आचारसंहिता, २०७२ को दफा १० विपरीत भए गरेको पुष्टि हुन आएको हुँदा निर्वाचन चारसंहिता उल्लङ्घन गरेबापत कारबाही हुनुपर्ने हो, होइन पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र जवाफसहित आयोगमा उपस्थित हुन आदेश दिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...