अवैध चोरी निकासीले बहुमूल्य जडीबुटी पाँचऔले लोप हुँदै  

Pacha aule

 

तेह्रथुम । तेह्रथुमसहित उच्च पहाडी भेगमा पाइने बहुमूल्य जडीबुटी पाँचऔँले लोप हुँदै गएको छ । अन्तर्राष्ट्रिय बजारमा यसकोे मूल्य अकासिएपछि अवैध चोरी निकासी बढेकाले यो वनस्पति लोप हुँदै गएको हो ।

कोशी पहाडका तेह्रथुम र संखुवासभा, मेची पहाडका ताप्लेजुङ र पाँचथरका उच्च क्षेत्रमा पाइने पाँचऔँलेको मूल्य अकासिएकाले समय अगावै टिप्न थालेपछि जंगलमा बीउ समेत मासिन थालेको तीनजुरे हात्तीसार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बरबहादुर बुढाथोकीले बताए ।

जंगलमा पाइने पाँचऔँले चोरी निकासी भएर ताप्लेजुङ र संखुवासभाको माथिल्लो क्षेत्रको नाका हुँदै चीन र तिव्बत्तर्पm समेत पुग्ने गरेको छ ।

लहरा प्रजातिको वनस्पति पाँचऔँले जेठ, असार महिनामा फूल्छ भने यसको फल असोज महिनामा टिप्नुपर्छ ।

खासगरी मधुमेह, वीर्यमा शुक्राणुको कमी, आउँ, खोकी, ज्वरो, पिसाब सम्बन्धी समस्या, पक्षघात, क्षयरोग, नशा सम्बन्धी रोग निवारणका लागि यो जडिबुटीकोे प्रयोग गरिन्छ ।

जडीबुटीकै राजा मानिने पाँचऔँले जिल्लाको तीनजुरे, चित्रे, लसुने, देउराली, जुरेलगायतका लेकको जंगलमा पाइन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...